म्याग्दी : एक दशकयता धौलागिरि क्षेत्रमा सडक विस्तार र भौतिक पूर्वाधार निमार्णले गर्दा जनतालाई सुविधा पुगेको भए पनि विकासकै कारण कैयौं सम्पदाहरू थलिएका छन् भने कतिपय रैथाने सीप र पुख्र्यौली विरासतहरु नासिएर गएका छन्। धौलागिरि क्षेत्रका म्याग्दी,बागलुङ,पर्वत र मुस्ताङका अधिकांश ठाउँहरु आफ्नै मौलिकता र प्राकृतिक सुन्दरताले युक्त छन्।यी चार जिल्लाका एकदुई ठाउँहरुबाहेक प्रायः सबै स्थानीय तहहरुमा सडकको पहुँच पुगेपछि ऐतिहासिक,धार्मिक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएका सम्पदाहरु नसिन