ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो ।यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर र तीन झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसिएन नागरिक इभिजिनी सिर