२८ असार, काठमाडौं । काठमाडौंको टेकु नजिकै हृयुमत टोलस्थित नारायण मन्दिरबाट चोरी भएर अमेरिका पुगेका करिब ७०० वर्ष पुराना पुरातात्विक टुँडालहरू नेपालमा फर्काइएको छ । १९८०को दशकमा नारायण मन्दिरबाट हराएका १२-१३ औं शताब्दीका दुई टुँडालहरू बुधबार नेपाल फिर्ता ल्याइएको हो । एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको नेपालस्थिति […]