कालीगण्डकीको वडा कार्यालयसहित सात स्थानमा तोडफोड, नगद चोरी

गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर १ को कार्यालय तोडफोड भएको छ। आइतबार राति अज्ञात समूहले वडा कार्यालय तोडफोड गरेको वडा अध्यक्ष ठानीश्वर पाण्डेले जानकारी दिए। वडा कार्यालयका कम्प्युटर र ल्यापटप सुरक्षित रहेको पाण्डेले बताए।यस्तै‚ रवीन्द्र पाण्डेको घरको कोठा तोडफोड गरी २२ हजार रुपैयाँ र मोवाइल चोरी भएको छ। रुक्मागत पाण्डेको घरको कोठाबाट पनि २० हजार रपैयाँ चोरी भएको स्थानीय गोपाल पाण्डेले बताए।विष्णु पाण्डेको पसल‚ डिल्लीराम पाण्डे, पुरुषोत्तम पाण्डेको घर पनि तोडफोड भएको वडा