उग्रतारा मन्दिर क्षेत्रको जग्गा अतिक्रमण कार्य रोक्न अन्तरिम आदेश

डडेल्धुरा । उग्रतारा मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर कुनै किसिमको भौतिक संरचना निर्माण कार्य नगर्न र नगराउनुका साथै निर्माण कार्य गर्न नदिनु भनि जिल्ला अदालत डडेल्धुराले अन्तरिम आदेश जारी गरेको छ । जिल्ला अदालत डडेल्धुराका न्यायाधीस हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले आईतबार जिल्ला अदालत नियमावली २०७५ को नियम ३४ को उपदफा १ र मुलुकी दिवानी संहिता २०७४ को १५८ को उपदफा २ बमोजिम अन्तरिम आदेश जारी गरेको हो । डडेल्धुरा सदरमुकाम नजिकै रहेको सुदूरपश्चिम प्रदेशकै धार्मिक आस्थाको केन्द्रविन्दु उग्रतारा मन्दिर क्षेत्रका नाममा रहेको जग्गा हाल अतिक्रमणको चपेटामा परेको छ ।

सम्बन्धित सामग्री

सखुनिया वन क्षेत्रको जग्गामा संरचना बनाउन नदिन आदेश

जनकपुरधाम । पर्सा जिल्लाको सखुवा परसौनी गाउँपालिका १ स्थित मनवा सखुनिया वन क्षेत्रको जग्गा अतिक्रमण भएको पुष्टि गर्दै नयाँ संरचना निर्माण गर्न नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।  स्थानीय एवं सेवा निवृत वन कर्मचारी शशीकान्त ठाकुरले वनको जग्गा अतिक्रमण गरिएकोमा सम्बन्धी चासो नलिएको र तिनीहरुको पनि संलग्नता ...

पार्किङस्थल निर्माण नगर्न आदेश

विद्यालयको जग्गा अतिक्रमण गरी पार्किङस्थल निर्माण नगर्न जनकपुर उच्च अदालतले जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।