महानगरले सुकुमबासी हटाएरै छाड्ने

महानगर स्रोतका अनुसार प्रमुख बालेन साह थापाथलीमा सुकुमबासी बस्ती खाली गराउन प्रतिबद्ध छन्। यस विषयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुराकानी गरेका थिए। प्रधानमन्त्री देउवाले पनि प्रमुख साहको यस अभियानमा सकारात्मक रहेको भन्दै सरकार र आफ्नो दलको समर्थन बताएको स्रोतको दाबी छ।

सम्बन्धित सामग्री

ललितपुर महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती (तस्वीरहरू)

३ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारीदेखि च्यासलसम्मको सुकुमबासी बस्ती खाली गरेको छ । आइतबार बिहान महानगरको नगर प्रहरी बलले सो क्षेत्रको सुकुमबासी बस्ती हटाएको हो । २१ असारमा महानगरले ७ दिनभित्र बस्ती खाली गर्न भनेको थियो …

सुकुमबासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल शुरू

विराटनगर । विराटनगर महानगरपालिकाले सुकुमबासीलाई व्यवस्थित गर्ने प्रक्रिया शुरू गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुमबासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए । सम्बन्धित सुकुमबासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको उनले प्रस्ट पारे । महानगर प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुमबासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरे । बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायत आधारभूत सुविधासहितको एकीकृत बस्ती निर्माण गरेर सुकुमबासीलाई व्यवस्थित गर्ने योजना रहेको उनले बताए । ‘हामीले व्यवस्थित गर्ने प्रयास गरेका छौं, प्रमुख कोइरालाले भने, ‘घरसहित व्यवस्थित गर्ने योजना छ । यसमा तपाईंहरूको पनि साथ चाहिन्छ । सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्छ । यसो गर्दा आफूले पाएको चीजको महत्त्व र माया हुन्छ ।’ उपप्रमुख शिल्पा निराला कार्कीसमेतको उपस्थितिमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले छलफलको उद्देश्य उल्लेख गरेका थिए । सडक छेउछाउ निर्माण गरिएका अव्यवस्थित झुप्राझाप्रीले महानगरको सौन्दर्यमा समेत ह्रास आएको उनले बताए । छलफलमा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, १२ हीरालाल कामत, १५ प्रकाश साह, १८ का जीतेन्द्रकुमार साह, कार्यपालिका सदस्य कमला श्रेष्ठ, सरिता घिमिरे, दीपक कर्णलगायतको उपस्थिति थियो । रासस

सडकमा सुकुमबासी : विकल्पविना उठीबास नलाउन माग (तस्बिरहरू)

काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुमबासीले आज पनि प्रदर्शन गरेका छन् ।

सुकुमबासी बस्ती हटाउन महानगरले माग्याे गृहसँग सहयोग

काठमाडौं महानगरपालिकाले बागमती नदीकिनारमा अवस्थित सुकुमबासी  बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ।  महानगरले बिहीबार पत्र काट्दै थापाथलीको बागमती नदीकिनारको सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको हो। बागमती नदीकिनारमा अनधिकृतरूपमा निर्माण...

वाग्मती किनारका बस्ती हटाउन बालेनले मागे रविको साथ

काठमाडौंको मुटुमा रहेको थापाथलीस्थित वाग्मती नदी किनार अतिक्रमण गरी बसेको बस्ती तत्कालीन सरकारले असहयोग गरेपछि रोकिएको अभियान पुनः सुरु हुने भएको छ । यस क्रममा काठमाडौं महानगरपालिकाले सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसंग सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय …

सुकुमबासी बस्ती हटाउन महानगरले माग्यो गृहसँग सहयोग

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ । ‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रुपमा रहेको […]

महानगरले सुकुमबासी हटाएरै छाड्ने

काठमाडौं, मंसिर १७ । काठमाडौं महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने अभियानबाट पछि नहट्ने निष्कर्षमा पुगेको छ। विपक्षी एमालेसहितले सुकुमबासीलाई थापाथलीबाट हटाउन लागेकोमा विरोध गरिरहेका बेला काठमाडौं महानगरपालिका भने सुकुमबासीलाई हटाएरै छाड्ने निष्कर्षमा पुगेको हो। ‘अब हामी पछि हट्दैनौं। कानुनले दिएको अधिकार प्रयोग गरेर हाम्रो दायित्व पूरा गर्छौं’, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने। […]

सुकुमबासी बस्तीले खोजेको समानुभूति भएको नेता

केही सुकिलामुकिला ठगहरूको अनुहार हेरेर बस्तीमा सीधै डोजर चलाउनु समाधान होइन। ऐन–कानुनले मात्रै निर्णय गर्ने होइन। मानवता र समानुभूतिसहितको निर्णय गर्न सक्ने जनप्रतिनिधि नै २१औं शताब्दीसापेक्ष नेतृत्व हो र सोको नेपालमा हाल ठूलो खडेरी छ।