काठमाण्डाै – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सङ्घीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गर्नुभएको छ । छलफलका लागि भन्दै मिश्रले सार्वजनिक गर्नुभएको प्रस्तावमा एकताको प्रतीकका रूपमा राजाको स्वीकार्यता उच्च देखिएको उल्लेख छ ।
उहाँले नेपालका लागि गणतन्त्र पनि आयातित भएको टिप्पणी गर्नुभएको छ । मिश्रले सार्वजनिक गर्नुभएको दस्तावेजमा संविधान निर्माण हुनुअघि सङ्घीयताको पक्षमा देखिएका कैयौँ नेता तथा सर्वसाधारणसमेत सङ्घीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुर्याएकाे, अनावश्यक रूपमा जन...