महोत्तरी - महोत्तरीको भङ्गाहा नगरपालिका– ८ पररिया टोलमा जिल्ला प्रशासनले लगाएको कर्फ्यु गएराति १० बजेदेखि हटाइएको छ ।
दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले अस्ति बिहीवार दिउँसो ४ बजेदेखि कर्फ्यु लगाएको थियो । अहिले स्थिति सामान्य भएको भन्दै प्रशासनले कर्फ्यु हटाएको हो ।
घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्ध...