चरी बाघको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्वार गरिएको चरी बाघको मृत्यु भएको छ। यही पुस २१ गते घाइते अवस्थामा उद्वार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो।

सम्बन्धित सामग्री

चितवनमा भालेबाघ र तनहुँमा चरीबाघको मृत्यु

काठमाडौं । चितवनको कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो । उहाँका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ । बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ । यता, तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो । मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । बाघको खुट्टा र ढाडमा चोट लागेको थियो । शुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिएपनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो । ‘तनहुँमा पनि चरी बाघ रहेछ भन्ने अवगत भयो । यसअगाडि चरी बाघ छ भन्ने थाहा थिएन’, उहाँले भन्नुभयो ।