क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताइन् । सरकारले ल्याउन लागेको नयाँ कदम युवाप्रति लक्षित छ, जसले जसले प्रायः ‘सामाजिक परिस्थितिहरूमा प्याकेजमा छापिएको जानकारीलाई वेवास्ता […]