झ्याप्रेखोला सिँचाइ आयोजना निर्माण, १३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा
म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ ।
खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना
तत्कालीन गाउँ विकास समिति (रावतकोट, वडालम्जी, भैरीकालीकाथुम, बाँसी, रानीवनका) किसानहरुलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले ३७ वर्षअघि सुरु गरिएको गिताचौर-रावतकोट सिँचाइ आयोजना निर्माण सम्पन्न हुन सकेको छैन ।
भरतपुरमा भएका ट्युबवेलबाट किसानहरूले कुल ६ हजार १२० विघा क्षेत्रफलमा सिँचाइ सुविधा प्राप्त गरेका छन् । यो बाहेक नारायणी लिफ्ट सिँचाइ आयोजना र केरुङ्गा जल सिँचाइ आयोजनामार्फत भरतपुरका कृषकले सिँचाइ सुविधा लिइरहेका छन् ।
बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यका सथा बबई सिँचाइ आयोजना सुरु भएको हो ।
नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए)को संलग्नतामा ०२४ सालदेखि अध्ययन थालनी गरेको र...
जग्गा विवादका कारण खोटाङको एक सिँचाइ आयोजना निर्धारित मितिमा सम्पन्न हुन सकेन। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ आयोजनामा जग्गा विवाद हुँदा समयमै सम्पन्न हुन नसकेको हो। योजना सम्पन्न भएको भए दिप्रुङ चुइचुम्मा गाउँपालिकाका बतासे, सछितापोखरी र छितापोखरी गरी तीन वडाका खेतमा सिँचाइ सुविधा पुग्ने थियो।
बाग्लुङ । वडाभर सिँचाइ सुविधा पुर्याउन काठेखोला गाउँपालिका–७ रेशमा निर्माण थालिएका सिँचाइ आयोजनाले गति लिएका छन् । रेशका सबै बस्ती समेट्ने गरी सञ्चालनमा ल्याइएका ती आयोजनामा स्थानीयवासीदेखि प्रदेश सरकारसम्मको लगानी छ । दुई करोड ३५ लाख ११ हजार बजेटको पखेरीडाँडा–देउराली–सिम्ले सिँचाइ आयोजना यही वर्षभित्र सक्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्लले बताए । पक्की […]
कञ्चनपुर । कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ ओटा शाखा नहर निर्माणको गृहकार्य अघि बढाइएको छ । मूल नहर निर्माण शुरू गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झन्डै ५० किलोमिटर लामो शाखा नहर निर्माणका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए । करीब १३ किलोमिटर मूल नहर निर्माण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मूल नहर निमार्णाधीन अवस्थामै छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरशाखा नहर निर्माणको तयारी तीव्र पारेको छ । ‘शाखा नहर निर्माणका लागि योजना बनाउँदै छौं,’ पण्डितले भने, ‘आगामी फागुनभित्र शाखा नहर निर्माणको ठेक्का आह्वान गर्ने तयारी छ ।’
भारतले महाकाली नदीदेखि नेपाल–भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ । महाकाली सन्धिअनुसार भारतले नेपालको सीमासम्म यहाँ १ हजार २०० मिटर मूल नहर र हेडरेगुलेटर लगायत संरचना बनाउनुपर्ने हुन्छ । सोही अनुसार भारतले नहर निर्माण लगभग अन्तिम चरणमा पुर्याएको इन्जिनियर पण्डितको भनाइ छ । आयोजनाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ करीब २०० मिटर मूल नहर निर्माण गर्न बाँकी छ । सो नहर भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य विन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ । ‘निर्माणाधीन १५ किलोमिटर मूल नहर बीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रूख कटानका कारण ढिलाइ भएको हो,’ उनले भने ।
त्यसैगरी सिँचाइले कञ्चनपुरको महाकाली पारि दोधारा चाँदनीमा समेत नहर निर्माणका लागि सर्वे थालेको भए पनि स्थानीयको अवरोध पछि केही समय स्थगन भएको छ । ‘स्थानीयले अवरोध गरेपछि दोधारा चाँदनीमा सर्वेको काम अहिले रोकिएको छ,’ पण्डितले भने, ‘त्यहाँ महाकालीबाट सिँचाइका लागि ३५० क्युसेक पानी लगिनेछ ।’ हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि रू. २ अर्ब ३० करोडको ठेक्का सम्झौता भए अनुसार काम भइरहेको छ । रासस
कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार्य अघि बढाइएको छ ।मुल नहर निमार्ण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निमार्णका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो । करिब १३ किल
इलाम । इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिँचाइ आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भर्खरै सम्पन्न गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।
रू. १५ करोड ३ लाखमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरिएशन भई जम्मा रू. १६ करोड ९१ लाखमा आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएकोे इन्जिनीयर पुरूषोत्तम शाहले जानकारी दिए । डिजाइन परिवर्तन, चण्डालघाटमा पुल निर्माणमा ढिलाइ र कोरोना महामारी भए पनि गत आर्थिक वर्षदेखि मात्र निर्माणले तीव्रता पाएको निर्माण व्यावसायी टंक गजुरेलले बताए ।
आयोजनाले नगरपालिकाका वडा नं ६, ७ र ८ को ११५० हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा मिलेको छ । आयोजनाको जम्मा २४ किलोमीटरमध्ये हाल साढे पाँच किमी खण्डमा पानी सञ्चालन भएको छ । ढिलै गरी सम्पन्न भए पनि योजना निर्माण भएको र सिँचाइ आयोजनाबाट निरन्तर पानी आएमा नगरपालिकाका तीन वडामा हिउँदेबाली लगाउन किसानलाई फाइदा पुग्ने नगर प्रमुख दीपक थेवेले बताए । प्रदेशसभा सदस्य धीरेन शर्मा रमणले आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न पहल गरिने बताए । रासस
करोडौंको लगानीमा निर्माण भएको सिँचाइ आयोजना प्रयोगमा नआउँदा म्याग्दीको मल्लाजका कृषक मर्कामा परेका छन् । सिँचाइका लागि पानी आवश्यक पर्ने हिउँदयाममा आयोजना सञ्चालन नहुँदा कृषक निराश भएका छन् । जलजला गाउँपालिको १, २, ३ र ४ नम्बर वडामा पर्ने बाँसखर्क र माझफाँटको ४८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन ०६८ सालमा १२ करोड रुपैयाँभन्दा बढीको लागतमा आयोजना निर्माण भएको थियो ।
७ पुस, विराटनगर । सुनसरी-मोरङ सिँचाइ आयोजना कर्मचारी भर्तीकेन्द्र बन्दै गएको छ ।
सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउन निर्माण भएको उक्त आयोजनाले मुल लक्ष्यभन्दा बेग्लै शीर्षकमा बढी खर्च गरिरहनु परेको छ । वार्षिक ६ करोड ६० लाख रुपैयाँ ज्यालादारी कर्मचारीका लागि मात्र खर्च हुन्छ ।
उक्त व्ययभार …