धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई कोरोनाविरुद्ध खोप लगाइएको छ।आज (बुधबार) देखि भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा खोप केन्द्र स्थापना गरिए पनि मन्त्री र कर्मचारी निकटका व्यक्तिलाई मन्त्रालयमै खोप लगाएको हो। मन्त्रालयको हलमा ५५ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई धमाधम खोप लगाइएको हो। मन्त्रालयमा पत्रकार पुगेपछि भने खोप लगाउन खटिएका स्वास्थ्यकर्मी र खोप लगाउन पुगेका मन्त्री र कर्मचारीनिकट व्यक्तिको 'भागाभाग' भएको थियो। यो पटक ५५ व