ओलीको नाटक र नौटङ्की चल्दैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर नागरिकता विधेयक ल्याएका एमाले अध्यक्ष केपी शर्मा ओलीले  विरोध गर्नु नाटक र नौटङ्की रहेको टिप्पणी गरेका छन् ।

सम्बन्धित सामग्री

मेस्सीको बहिर्गमन : नाटक, नौटङ्की या वास्तविकता

‘मेस्सी क्लबमा बस्ने छैनन् ।’बिहीबार ८ बज्नुअघि बार्सिलोनाले एउटा विज्ञप्ति सार्वजनिक ग–यो । लगत्तै स्पेनिस वेबसाइट मार्काले समाचार ब्रेक ग–यो, ‘मेस्सीले बार्सिलोना छाड्नेछन् ।’यो समाचार विश्व फुटबललाई नै तरङ्गित पार्नेखालको थियो, एउटा भूकम्पजस्तै ।३० जुनमा ३४ वर्षीय मेस्सी र बार्सिलोनाबीचको सम्झौता सकिएको थियो । क्याम्प नोउमा २१ वर्ष बिताइसकेका मेस्सीले नयाँ सम्झौता गर्ने तय पनि थियो । बार्साले बिहीबार नयाँ सम्झौता गर्नका लागि सबै तयारी गरिसकेको थियो । तर अन्

सम्झनामा नाटक– नौटङ्की

गएको साललाई हामीले नाटक दिवसको बेला पारेर खुब सम्झ्यौं । मञ्चदेखि मिडियासम्मका चौतारीमा सम्झ्यौं । सबैका सम्झनाका तरङ्ग लगभग उस्तै थिए । आपत् परेका बेला नाटक गर्नेले जाने ठाउँ मञ्च नै हो । केही मञ्चन सडकमा पनि भए । तर, नेपालमा राजनीति गर्नेले नयाँ नाटक गर्ने शैली निकाले । उनीहरूले आफ्नै किसिमका गाईजात्रा नाच र अभिनय गरे । नाट्य–रङ्गमञ्चमा काम गर्नेहरूले यसको मर्यादाभित्र रहेर नाटक गरे । नाटक एउटा जीवनको शक्तिशाली कला हो भन्ने कुरालाई जोडतोडले सम्झाइबसे । एरिस्टोटलले भने नाटकको मूल आत्मा भनेको परिर्वन वा रिभर्सल हो । गम्भीर होस् कि कमेडी, नाटकको आत्मा भनेको एउटा अवस्थाबाट अर्कोमा हुने परिवर्तन हो ।

राजनीतिक दलको यस्तो नौटङ्की किन ?

यतिबेला मुलुकको राजनीतिक अवस्था पूरै नाटकीय अवस्थाबाट गुज्रिरहेको छ । यो नाटक देशको रक्षाका लागि हो कि अरू कसैको स्वार्थ रक्षाका लागि हो भन्ने कुरा खोतल्ने समय आएको छ । यतिबेलाको राजनीतिक गतिविधिले आम जनमानसमा राजनीतिप्रति अति घृणा पैदा गरिदिएको छ । यो घृणित कार्यले अब आउन लागेको निर्वाचनमा फेरि पुरानै चरित्र दोहोरिने छाँट देखिँदैछ । यो दुर्भाग्यको विषय हो ।कतिपयले संसदीय व्यवस्थालाई गफाडीहरुको अखडा मात्र भन्ने गरेका छन् । यो भनाइ वास्तविक नै जस्तो हुँदै गएको छ । राजनीतिक दल, तिनका नेताहरु

म नाटक गर्छु

उनीहरूले झुट बोल्नुलाई 'नाटकै हो, नौटङ्की नै हो' भनेका थिए । उनीहरूलाई सत्यको नजिक पुग्न सिकाउने नाटक देखाऊँ । नाटक सकिएपछि सबै कलाकारहरू हात समातेर स्टेजमा उभिऊँ । अनि छाती फुकाएर नेताको आँखामा आँखा जुधाएर  भनौँ– म नाटक गर्छु

हेर्दै खित्खित् लाग्ने सडक र सरकारका कम्युनिष्ट चटक

सडकका कम्युनिष्ट माधव नेपाल र प्रचण्ड ! सरकारका कम्युनिष्ट केपी ओली ! जंगलका कम्युनिष्ट विप्लव ! वनपाखा, बाटाघाटा र सिंहदरबार कम्युनिष्टले भरिभराउ छ ! देशैभरि जताततै कम्युनिष्ट भएकाले हिजोआज विपक्षीले काम पाएका छैनन् । विपक्षी दलले गर्नुपर्ने काम कम्युनिष्टहरुले पालैपालो गरिरहेका छन् । दिनदिनै थरीथरीका नाटक र नौटङ्की देखाएर नागरिकलाई भरपुर मनोरञ्जन दिइरहेका छन् । केपी ओलीको राज चल्न थालेपछि हरेक बेलुका टीभी हेरेर मुसुक्क हाँस्दै ओछयान पस्ने बानी लागेको थियो, अहिले त हाँसेरै दिन बित्न थालेको छ । त्यसमाथि, प्रचण्डको...

कोरोनाको खोप आयो, नाटक र नौटङ्कीको खोप कहिले !

अस्तिताकासम्म कोरोना मात्रैको डर थियो । कोरोनाकै जगजगी थियो । तर अहिले कोरोनालाई माथ खुवाउने गरी नाटक र नौटङ्कीको जगजगी हुन थालेको छ । छिनमै नाटक, छिनमै नौटङ्की । दिनरात नाटक र नौटङ्की हेर्दा हेर्दा, भोग्दा भोग्दा मान्छे वाक्कदिक्क मात्रै होइन मानसिक रोगी नै बन्न थाले ।कोरोनाको त बिस्तारै बानी पर्न थालेको थियो । भाइरसलाई छलेर, झुक्याएर, पेलेर हिँडडुल गर्न पाइएको थियो । तर नाटक र नौटङ्कीलाई त छल्न पनि गाह्रो, भुल्न पनि गाह्रो, झुक्याउन पनि गाह्रो, अँठ्याउन पनि साह्रो । एक दिन एउटाले नाटक देखाउँछ, अर्कोदिन अर्कोले नौटङ्...