कोरोनाको खोप आयो, नाटक र नौटङ्कीको खोप कहिले !

अस्तिताकासम्म कोरोना मात्रैको डर थियो । कोरोनाकै जगजगी थियो । तर अहिले कोरोनालाई माथ खुवाउने गरी नाटक र नौटङ्कीको जगजगी हुन थालेको छ । छिनमै नाटक, छिनमै नौटङ्की । दिनरात नाटक र नौटङ्की हेर्दा हेर्दा, भोग्दा भोग्दा मान्छे वाक्कदिक्क मात्रै होइन मानसिक रोगी नै बन्न थाले ।कोरोनाको त बिस्तारै बानी पर्न थालेको थियो । भाइरसलाई छलेर, झुक्याएर, पेलेर हिँडडुल गर्न पाइएको थियो । तर नाटक र नौटङ्कीलाई त छल्न पनि गाह्रो, भुल्न पनि गाह्रो, झुक्याउन पनि गाह्रो, अँठ्याउन पनि साह्रो । एक दिन एउटाले नाटक देखाउँछ, अर्कोदिन अर्कोले नौटङ्...