उदयपुर - उदयपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर विजयी हुनुभएको छ ।
उहाँले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवराज राईले आठ हजार ७० मत प्राप्त गर्नुभयो । मगरले राईलाई ३५ मत अन्तरले पराजित गर्नुभयो ।
मगर २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । प्रदेशसभामा जम्मा १८ हजार छ सय ९९ मत खसेको थियो । यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापाले आठ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङले ...