काठमाडौं । कोहीले ४० वर्ष उमेर कटेसी घुमौला, रमाउला भन्ने सोच्नुभएको होला । कोहीले भने त्यो उमेरमा घरपरिवारको जिम्मेवारी र बाध्यताले थाँति रहेका काम गरौंला भन्ने योजना बुन्नुभएको होला ।
४० वर्ष उमेर पुगेकाहरूमध्ये कोही व्यापार/व्यवसाय शुरु गर्न नसकेर चिन्तित पनि हुनुहुन्छ होला । त्यसो हो भने चिन्ता लिनुपर्दैन । किनकि उद्यम शुरु गर्न यो नै एकदमै सही समय हो । ४० वर्ष वा त्योभन्दा बढी उमेरमा कम्पनी खोल्नेहरूको सफलताले यो स्पष्ट देखाउँछ ।
अहिले नेटफ्लिक्स नहेर्ने को होला ! यसको शुरुआत रिट ह्याष्टिङले ४० वर्ष उमेर पुगेपछि गरेका थिए । गोर्डन बोकरले पनि ५२ वर्षको उमेरमा अमेरिकी कफी चेन स्टारबक्स खोले । उमेरले सपना पूरा गर्न कहाँ छेक्छ ! हेनरी फोर्डले ४० वर्षको उमेरमा फोर्ड मोटर कम्पनी खोलेका थिए । महिलाहरूको फेसनमा कायापलट गर्ने कम्पनी डियोको स्थापना क्रिष्टियन डियोले ४१ वर्षको उमेरमा गरेका थिए ।
तर, कम उमेरमा उद्यम वा कम्पनी शुरु गर्दा असफल हुन्छ भन्ने होइन, त्यो बेला कम्पनी चलाउनेहरूले पनि सफलताको शिखर चुमेका छन् । फेसबुक संस्थापक मार्क जुकरबर्गले १९ वर्ष मात्रै हुँदा शुरु गरेको फेसबुक अहिले खर्बौं डलर नेटवर्थको कम्पनी बनेको छ ।
यही सूचीमा पर्छन् आईफोन उत्पादक एप्पलका सह–संस्थापक स्टिभ जब्स । उनले २१ वर्षको उमेरमा कम्पनी स्थापना गरेका थिए ।
०००
जोस, आँट र जाँगर भए उद्यम शुरु गर्न उमेर मात्रै होइन, अन्य केही तत्वले पनि छेक्दैन । फेरि यसो भन्दैमा जीवनको मध्यमा नयाँ परिवर्तन त्यति सहज हुन्छ भन्ने होइन । यसमा अनेकौं चुनौती र अवरोधहरू पनि आउँछन् । तर, यसबाट आत्तिनु हुन्न ।
व्यावसायिक योजना, लगानी, लगानीकर्ताहरूसमक्ष आफ्नो अवधारणा राख्ने तरिकाले उद्यमको सफलता वा असफलता निर्धारण गर्छ । ४० कटेपछि आफ्नो व्यवसाय शुरु गर्दाका कयौं लाभ छन् । तीमध्ये केही यस प्रकार छन् :
वर्षौंको अनुभव
जुन व्यवसाय शुरु गर्दा पनि अनुभव चाहिन्छ । तपाईंले जुन काममा वर्षौं समय खर्चनुभयो, त्यही क्षेत्रसँग सम्बन्धित व्यापार÷व्यवसाय गर्नुभयो भने सफल हुन टेवा पुग्छ । बजारले कसरी काम गर्छ, व्यवसायको योजना कसरी अगाडि बढ्ला, कुन मार्केटिङको रणनीतिले राम्रोसँग काम गर्ला भन्ने कुराको अनुभव तपाईंले बटुलिसक्नु हुन्छ ।
यससँगै उद्यमीका रूपमा के गर्नु हुन्न भन्ने पनि तपाईंलाई थाहा हुन्छ । कामको सिलसिलामा तपाईंले कयौं असफलता पनि देख्नुभएको हुन्छ । यसले अगाडिको अनिश्चित यात्राको लागि तपाईंलाई तम्तयार बनाउनेछ ।
बलियो पेशागत नेटवर्क
जीवनको यो चरणमा आइपुग्दासम्म तपाईंको पेशागत नेटवर्क बलियो भइसकेको हुन्छ । यसबाट तपाईंले लाभ पनि लिन सक्नुहुन्छ । मार्केटिङ, फाइनान्स, विक्री, सञ्चालन, लेखन, डिजाइनिङ र लगानी आदि क्षेत्रका विज्ञहरूसँग तपार्इंको कनेक्शन हुन सक्छ । यो तपाईंको व्यवसायको वृद्धिका लागि ‘गेम चेञ्जर’ हुन सक्छ ।
कुनै भेटरानले दिने सामान्य सुझाव पनि तपाईं र तपाईंको व्यवसायको लागि अति नै महत्त्वपूर्ण हुन सक्छ । यति बेला तपाईंले आफूले वर्षौंदेखि चिनिरहेका व्यक्तिहरूसँग रिकनेक्ट गर्न सक्नुहुन्छ । आफ्नो नेटवर्क बढाउन तपाईंले लिंक्डइन, फेसबुकजस्ता प्लेटफर्महरूको पनि प्रयोग गर्न सक्नु हुन्छ ।
वित्तीय स्थिरता
अधबैंसे उमेरसम्म आइपुग्दा तपाईंसँग केही न केही लगानी र बचत पनि जम्मा भएको हुन्छ । व्यवसाय शुरु गर्न घरजग्गा वा अन्य सम्पत्ति नै धितो राखेर ऋण काड्नु पर्ने अवस्था नहुन पनि सक्छ । कुनै कुनै लगानीकर्ता र कर्जा दिने संस्थाहरूले युवाहरूलाई धेरै विश्वास अधवैंसेहरूलाई गरेर वित्तीय टेवा दिने गरेको पनि पाइन्छ ।
आफ्नो कमजोरी र मजबूत पक्षको ज्ञान
जीवनको यो क्षणसम्म आइपुग्दा तपाईंले विविध भूमिकाहरू निभाइसक्नुभएको हुन्छ । कयौं जिम्मेवारी वहन गरिसक्नुभएको हुन्छ । आफ्नो राम्रा अनि नराम्रा पक्षहरू अझ भन्दा कमजोरी र मजबूत पक्षको राम्रो ज्ञान भइसक्छ । व्यवसायको कुन क्षेत्रलाई एक्लैले ह्यान्डल गर्न सकिन्छ अनि कुन कामका लागि अरु व्यक्ति चाहिन्छ भन्ने कुरा थाहा पाइसक्नु हुन्छ ।
उद्यम शुरु गर्दा भने केही कामहरू गर्नु आवश्यक हुन्छ । ती यसप्रकार छन् ।
१. आफ्नो क्षमता अनि उद्यमशील बन्न आफ्नो क्षमताबारे ध्यान दिनुपर्दछ ।
२. प्रतिस्पर्धीहरूले के गरिरहेका छन् ? उपभोक्ताहरूले के खोजिरहेका छन् ? व्यवसायको दायरा के छ ? जोखिमहरू के कस्ता छन् ? यी कुरा थाहा पाउन बजारको अध्ययन गर्न आवश्यक छ ।
३. आफ्नो बचत कति छ ? अनि कति पैसा उठाउनु पर्छ ? यसबारे स्पष्ट हुनुपर्छ । यससँगै वित्तीय अवस्थाको मूल्यांकन गर्नुपर्छ ।
४. प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउन प्रविधिको क्षेत्रमा भइरहेका प्रगतिमाथि नजर राख्नुपर्छ । आफ्नो पृष्ठभूमि प्रविधि क्षेत्र होइन भने कुनै प्राविधिक व्यक्तिसँग साझेदारी गर्ने वा त्यस्ता व्यक्तिलाई काममा राख्नु ठिक हुन्छ ।
५. सिक्ने (बिर्सने) इच्छा चाहिन्छ । जीवनको जुनसुकै कालखन्डमा व्यवसाय शुरु गर्नु चुनौतीपूर्ण नै हुन्छ । दिमागलाई खुला राखेर, लचिलो भएर अगाडि बढ्नु पर्छ । आफूले पहिला सिकेको तर अहिले काम नलाग्ने कुराहरू बिर्सने क्षमता पनि आवश्यक छ । एजेन्सीहरूको सहयोगमा
अबका कुनै पनि प्रतिस्पर्धी दल वा नेताको राजनीतिको मूलभूत एजेन्डा द्रुततर आर्थिक विकास हुनुपर्छ र आर्थिक विकासको रणनीति औद्योगिक विकास नै हुनुपर्छ । यसमा यदि कसैले होइन कृषि हुनुपर्छ भन्छ भने त्यो अर्ध सत्य हो र पूर्ण सत्य त्यति बेला हुन्छ जब कृषिलाई उद्योगीकरण गर्ने भन्छ । औद्योगिक प्रवर्द्धनका लागि आवश्यक आधारभूत पक्ष नवप्रवर्तन (इन्नोभेशन) हो । हामीलाई पश्चिमेलीको जस्तो खर्चिलो नवप्रवर्तन चाहिएको होइन, बरु हाम्रो मुलुकको खाँचोको प्रतिनिधित्व गर्ने नवप्रवर्तन समाजवादी र मितव्ययी (फ्रगल) पनि हुन आवश्यक छ । मुलुकमा औद्योगिक आय ५ प्रतिशतको हाराहारीमा रहेको छ । खाद्यवस्तुमा २ तिहाइ अंश बाह्य निर्भरता छ । कृषि भूमि र कृषि उत्पादकत्व ह्रास हुँदै गएको छ । मुलुकको आत्मनिर्भरता समाप्त हुँदै गएको छ । निर्यात व्यापार न्यून रहेको छ । भुक्तानी सन्तुलन निराशाजनक रहेको छ । यस्ता धेरै चुनौतीको सामना गर्नुपर्ने भएबाट आर्थिक जटिलता थपिएको छ । त्यसमाथि मुलुकको भ्रष्ट राजनीतिले आर्थिक व्यवस्थामा पक्षघात नै सृजना गरेको छ । यो खासगरी नेपालको आफ्नै प्रकारको चुनौती हो । यसको सामना गर्ने वा समाधान खोज्ने आशाको त्यान्द्रो औद्योगिक विकास हो ।
विश्व बजारको अवस्था अस्थिर, चलायमान, जटिल र द्विविधाजनक भएकाले यो बढी अनिश्चित छ । निश्चितताको कुरा गर्ने हो भने दुई कुरा मात्र निश्चित छन्– विश्वमा स्तरीय वस्तुको निरन्तर माग वृद्धि हुँदै गएको छ र स्रोतको दिनप्रतिदिन अभाव हुँदै गएको छ । यही माग र आपूर्तिबीचको अन्तर र द्वन्द्वको स्थिति नै उत्पादन प्रणालीको तथा बजारको मुख्य चुनौती हो । यो नेपालले मात्र होइन, विश्वका सबै मुलुकले भोग्नुपर्ने चुनौती हो । अत: कुनै पनि उद्योगको रणनीति थोरै लगानीबाट धेरै उपलब्धि प्राप्त गर्ने हुनुपर्छ । त्यसैले उद्योग सञ्चालन गर्दा ध्यान केन्द्रित गर्नुपर्ने विषय गुणस्तर, मूल्य अभिवृद्धि र नवप्रवर्तन नै हो । नवप्रवर्तन भनेको नवीनतम प्रविधि वा अभ्यासहरू व्यवहारमा उतार्नु हो ।
मितव्ययी नवप्रवर्तन भनेको ‘थोरै लगानीबाट धैरै आम्दानी गर्ने’ भन्ने व्यावसायिक रणनीति नै हो । फुजित्सु, सुजुकी, ग्लाक्सो, स्मिथ क्लाइन, पेप्सिको, रेनल्ट, निसान, साइमन, पियर्सनजस्ता कम्पनीहरूले मितव्ययिता, प्रभावकारिता, गतिशीलता र नवप्रवर्तनमा ध्यान दिएका छन् । समाजवादी शैलीमा रूपान्तरण गरिएको मितव्ययी नवप्रवर्तनको मोडल लघु उद्यम कार्यक्रमका रूपमा नेपालमा सफलतापूर्वक परीक्षण भइसकेको छ । मितव्ययी नवप्रवर्तनका देहायअनुसारका नौओटा विशेषता वा सिद्धान्त छन् ।
उपभोक्ताको वरिपरि केन्द्रित व्यवसाय
खर्चिलो अनुसन्धान र विकास पद्धतिबाट भन्दा आफ्ना उपभोक्ताहरूको चाहना, खाँचो, व्यवहार र प्रवृत्तिअनुसार यथास्थानमा प्राकृतिक वातावरणमा र वासस्थानमा नै केन्द्रित रहेर तिनीहरूको खाँचो र चाहनाअनुसारका वस्तु र सेवा विकसित गर्दै जाने गरिन्छ । मेडेप कार्यक्रमका व्यवस्थापक, म्यानेजर र मार्केटिङ अफिसरहरूले लघुउद्यम समाज सृजना गरी यस्तै उपभोगमा केन्द्रित रहेर वस्तु विकसित गर्ने (प्रडक्ट डेभलपमेन्ट) र चाहिएका वस्तु उत्पादन गर्ने पद्धति अपनाउँछन् ।
स्थानीय स्रोत साधनबाट प्रारम्भ
स्थानीय स्रोतसाधन भनेको आफ्नै गाउँठाउँमा पाइने स्थानीय वस्तुहरू प्रयोगमा ल्यउनु हो । त्यस्ता, वस्तुहरूमा कृषि पैदावर, वन पैदावर र खनिज पैदावरका प्रारम्भिक वस्तुहरू पर्छन् । मेडेपले आफ्ना लघुउद्यमीहरूका लागि यस्तै वस्तुहरूमा आधारित उद्योग सञ्चालन गरेकाले सीमा नाकाहरू बन्द भई नेपालका संपूर्ण उद्योगहरू बन्द रहेको अवस्थामा पनि लघुउद्यमहरू पूर्ण क्षमतामा सञ्चालनमा रहेका थिए ।
विपन्न केन्द्रित उद्यमशीलता
उद्योग सम्पन्न व्यक्तिले गर्ने लगानी हो भन्ने विषय सबैले बुझेको कुरा हो । मेडेपले अपनाएको लघुउद्यम कार्यक्रम भने विपन्न व्यक्तिहरू उद्यमी हुने उदेकलाग्दो प्रयोग र नौलो प्रकारको नवप्रवर्तन नै हो । छानिने उद्यमीहरू गरीबी निवारणको प्रयोजनका हिसाबले विपन्न वर्गमा परेका हुन्छन् । त्यसमा पनि अझ महिला, दलित, जनजाति र अति विपन्न वर्ग प्रथमिकतामा रहेका छन् । लघु उद्यम कार्यक्रमले ६० हजारभन्दा बढी यस्ता लक्षित समूहलाई उद्यमी बनाउन र उनीहरूको भाग्य परिवर्तन गर्न सफलता प्राप्त गरिसकेको छ ।
एकका लागि धेरै, धेरैका लागि एक
लघुउद्यम कार्यक्रम सहकारीजस्तै १५–२० जनाको समूहमा शीप विकास र व्यावसायिकलगायत विभिन्न शैक्षिक तथा तालीम कार्यक्रमको साथमा सञ्चालन गरिने र विभिन्न सरोकारवाला मन्त्रालय र तिनका एजेन्सी, बैंक, कार्यक्रमका साझेदार संगठन हुने भएकाले ती र कार्यक्रमका पदाधिकारीहरू प्रत्येक उद्यमीका लागि पनि समर्पित हुने र हरेक साझेदार संस्था वा पदाधिकारीको सेवाको लाभ सबै उद्यमीले प्राप्त गर्ने तथा उद्यमीको समूहमा पनि प्रत्येक व्यक्तिले समूहलाई र समूहले व्यक्तिलाई सहयोग पुुर्याउने भएकाले एकका लागि धेरै र धेरैका लागि एकको भावना चरितार्थ भएको छ ।
उद्योगमा विविधीकरण पद्धति
उत्पादन, वितरण, बजार, वस्तु र सेवाको वैज्ञानिक विविधीकरण पद्धति अपनाएमा मात्र स्रोतसाधन र समयको सदुपयोग र बचत हुन्छ । उपभोक्तालाई उपयुक्त स्तर, ढाँचा, मूल्य, चाहना र आवश्यकताअनुसारको वस्तु र सेवा वितरण गर्न सकिन्छ र जहाँ रहेका छन् त्यहाँ, जहिले चाहन्छन् त्यति बेला, जति चाहन्छन् त्यति पुर्याउन सकिन्छ । लघुउद्यम कार्यक्रमले कच्चा पदार्थको र उत्पादित वस्तुको राम्रो विविधीकरण गरेको थियो ।
वातावरणमैत्री दिगो समाधानको अभ्यास
वर्तमानमा स्रोतको बढी उपयोग गर्दा कालान्तरमा स्रोतको न्यूनता रहन जान्छ र विकासोन्मुख अर्थव्यवस्था पश्चिमा जत्तिकै सम्पन्न हुने बेलासम्म अरू थप दुई/तीनओटा पृथ्वीको स्रोत आवश्यक पर्नेछ । यसका लागि यस प्रणालीले बजारीकरणका नाराभन्दा दिगो आर्थिक वृद्धिको रणनीति तयार गर्नुपर्नेे सिद्धान्तमा जोड दिएको छ । लघुउद्यमले पनि वातावरणीय संरक्षणमा जोड दिएको छ र प्राकृतिक स्रोतमा आधारित कच्चा पदार्थको दिगो उपयोग, खेर गएका सामग्रीको पुन: उपयोग, सामग्रीको सहकारी खपत जस्ता अभ्यास गर्दै आएको छ । हाम्रा स्टील, कागज जस्ता उद्योग र युनिलिवर, मार्क–स्पेन्सर, किङ्फिसर समेतका बहुराष्ट्रिय कम्पनीले पनि वातावरणीय असर न्यूनीकरण गर्न पहल गरेका छन् र वस्तुको पुन: उपयोग वा यस्तै उपयुक्त प्रविधि अपनाएर व्यवसाय र वातावरणीय समस्या समाधानको उपायमा ध्यान केन्द्रित गरेका छन् ।
उपभोक्ताको व्यवहार परिवर्तन
कुनै वस्तु वा सेवामा बानी परिसकेका उपभोक्ताहरूको आफ्नो बानी, लगाव र रुचि परिवर्तन गर्नु निकै चुनौतीपूर्ण काम हो । पूर्वाग्रह, कोरा विश्वास र पुरानो मान्यताले उपभोक्तालाई आफ्नो व्यवहार परिवर्तन गर्न र एउटा ब्रान्डको वस्तु वा सेवाबाट अर्कोमा फड्को मार्न अवरोध पुर्याउँछ । तिनीहरूको धारणा परिवर्तन गर्न केही स्वस्थ रणनीति प्रयोग गर्न सकिन्छ । जस्तो वारल्के, आइकिया, खाँ एकेडेमीजस्ता व्यावसायिक संगठनहरूले तथा हाम्रै मुलुकका चौधरी ग्रूप, वरुण बेभरेज, कोकाकोला कम्पनीजस्ता व्यावसायिक संगठनहरूले विभिन्न रणनीति अपनाएर उपभोक्ताको व्यवहार परिवर्तन गरी आफ्ना वस्तु र सेवातर्फ उपभोक्तालाई आकर्षित गर्न सफल भएका छन् । कुनै नारा प्रयोग गरेर, उपहार दिएर, सहुलियतपूर्ण मोलमा वस्तु वा सेवा उपलब्ध गराएर, रेडियो, टीभी आदिमा विज्ञापन गरेर धेरै तरीकाले अकर्षित गरेका छन् । यसका लागि वस्तु वा सेवाको मितव्ययी उत्पादन, लागत सुपथ मूल्य, गुणस्तर र ब्रान्डिङ प्रमुख रणनीति हुन सक्छन् । यसरी उनीहरू निष्ठावान् उपभोग सृजना गर्न समर्थ भएका छन् ।
निष्ठावान् उपभोगलाई साथ लिएर मूल्य सृजना
उपभोक्ताहरू एउटा आदर्श व्यवसायका मूल्यवान् स्रोत व्यक्तिहरू हुन् । त्यस्ता उपभोक्ताले, सेवा र वस्तुको प्रतिक्रिया दिएर, पुष्ट्याइँ दिएर, नयाँ सोच दिएर, नयाँ उपभोक्तालाई आफ्नो अनुभव बताएर, उद्योगलाई पृष्ठपोषण दिएर र अरू धेरै तरीकाले वस्तु र सेवाको वितरण, विकास तथा सुधारका लागि सहयोग पुर्याएका हुन्छन् । अनि वस्तु सेवालाई अझ छिटो, अरू राम्रो अझ स्तरीय बनाउन र थोरै साधनबाट धेरै गर्न मद्दत गर्छन् । उनीहरू मध्येबाट नै प्रवर्द्धन गराउन र मार्केटिङ लिडर छान्न सकिन्छ । अचान, डु इट योरसेल्फ, टेकसप, आइकियाजस्ता व्यवसायले उपभोक्ताको सोच र सल्लाहको उपयोग गरेर उनीहरूसँग साझेदारीमा व्यवसाय सञ्चालन गरेर ब्रान्डको विकास गरेका छन् ।
रचनात्मक सम्बन्ध सूत्र निर्माण
सामसुङ, फोर्ड, मित्सुबिसी, सोनी, ह्युन्डाइ आदि कम्पनीले विभिन्न संस्थासँग साझेदारी गरेर अनुसन्धान र विकास पद्धतिका साथ सफा, स्वच्छ र समुन्नत ढंगले संस्था सञ्चालन गरेका छन् । यस्ता नमूना व्यवसायहरूले विश्वविद्यालय, प्रविधिक शिक्षालय, अनुसन्धानमूलक संस्था, वितरक संस्था, लगानीकर्ता संस्था, प्रविधि विकास तथा सेवा केन्द्रहरू जस्ता संस्थासँग सम्बन्ध सूत्र पनि स्थापित गर्छन् । लघुउद्यम कार्यक्रमले पनि धेरै मन्त्रालय, विभाग तथा एजेन्सीहरूसँग साझेदारी सम्बन्ध स्थापित गरेको छ । यस किसिमको सम्बन्ध, अनुसन्धान, प्रविधि, आर्थिक स्रोत आदि कुनै विषयसँग र व्यवसायको कुनै चरणसँग वा कुनै पनि सिद्धान्तसँग सम्बद्ध हुन सक्छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।
सन् २०१३ को जुलाईमा नेपाली बजारमा फोर्ड इको स्पोर्ट भित्रियो। त्यो बेलामा विक्रीको हिसाबले यसले नेपालमा फोर्डको सबै रेकर्ड तोडेको जिओ अटोमोबाइल्स प्रालिका जनरल म्यानेजर सुनिल बहादुर क्षेत्री बताउँछन्। यसको अत्यधिक मागले बुकिङ रोक्न परेको अनुभव क्षेत्रीले सुनाए। इको इस्पोर्टको त्यही ‘चार्म’ अल न्यु इको स्पोर्टले पनि कायम गरेको क्षेत्रीको दाबी छ। जिओ अटोमोबाइल्सले गत…