नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ। अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो।