दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित ३९ वर्षीय कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टका अनुसार पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको हो ।