जनता समाजवादी पार्टी नेपालमा देखिएको विवादबारे समीक्षा गर्न सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले आन्तरिक छलफल गरिरहेको छ । पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. भट्टराई पक्षले आ–आफ्नो रणनीति बनाइरहेको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवले असार २७ र २८ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । वीरगञ्जमा हुने बैठकको तयारीका लागि अध्यक्ष यादव पक्ष अनौपचारिक छलफल गरिरहेको छ ।अध्यक्ष उपेन्द्र यादवले डा. भट्टराई पक्षलाई बैठकबारे जानकारी नै नगराएको बताइन्छ ।