काठमाडौं : आज साउन महिनाको अन्तिम सोमबार‚ पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको घुइँचो लागेको छ।साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन्। विशेष गरेर साउनको सोमबार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ। सोमबार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन्।साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन्। कोरोना भाइरसका कारण सरकारले पशुपतिनाथको मन्दिरमा व्