नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि पूर्वाग्रही ढंगले भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाएका छन् ।
शेरबहादुर तामाङ स्मृति प्रतिष्ठान रामेछापले शनिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको शव वाहन तथा एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै देउवाले अरु सबै उम्कने तर एक जनामाथि मात्रै भ्रष्टाचारको मुद्दा चलाउनु सरकारको गलत नियत भएको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले जनताले तिरेको करबाट तलब खाएर कुनै एक पार्टीको मात्रै काम नगर्न अख्तियारका कर्मचारीलाई चेतावनी समेत दिएका छन् ।