८ असार, काठमाडौं । नेपालगञ्जबाट भारतको दिल्लीसम्म सिधा उडान केही महिनामै सुरु हुने सरकारले बताएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भारतले दुई नयाँ रुट दिएपछि नेपालगञ्जबाट सिधै दिल्ली उडान सुरु गर्न लागिएको हो ।
हालै मात्र नेपाल र भारतबीच महेन्द्रनगरबाट १८ हजारदेखि २४ हजार फिटसम्म उडान दिने सहमति भएको छ । …