गत कात्तिक १७ को भूकम्पले घर क्षति पुर्याएको सल्यानका ३ हजार पीडितले अहिलेसम्म अस्थायी टहरा निर्माणको पहिलो किस्ताबापत्को रकम नै पाउन सकेका छैनन् । कागजी प्रक्रियामा भएको ढिलाइका कारण दार्माका २ हजार ८ सय ६ जना, कुमाखका ३८ जना र बाग्चौर नगरपालिकाका झन्डै २ सय परिवारले अहिलेसम्म पहिलो किस्ताबापत्को राहत रकम पाउन नसकेका हुन् ।