ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपिओ निष्काशन गर्ने

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।  गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा EU Pharma Technical Support रही ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रही कम्पनीले युरोपियन Good manufacturing practices (GMP) Standards अनुसार औषधी उत्पादन गर्ने र नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त भईसकेको र बाँकी उत्पादन स्वीकृतिको प्रकयामा रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

ओम मेगाश्री फर्मास्यूटिकल्सले सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।ओम मेगाश्रीले सर्वसाधारणमा सेयर निष्काशन गर्नको लागि क्यापिटलसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । गैरआवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध ओम मेगाश्री फर्मास्यूटिकल्सले चितवनको भरतपुरमा औषधि उत्पादन गर्दै आएको छ ।सरकार औषधी व्यवस्था विभागमा ५६ प्रकारका औषधी उत्पादनका लागि […]

ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर निष्काशन गर्ने जिम्मा प्रभु क्यापिटलले पायो

प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागि एक कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रभु विक्री प्रबन्ध बनेको सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्सको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।