बेलैमा जहाज मर्मत गर्न नसकेपछि नेपाल वायुसेवा निगमले आफ्ना नियमित उडान धमाधम रद्द गर्न थालेको छ । निगमको वाणिज्य विभागले शुक्रबार जारी गरेको संशोधित बर्खे तालिकामा फेरि अर्को न्यारोबडी (नाइनएन–एकेडब्लु) को दायाँ इन्जिनमा समस्या देखिएपछि भारतको दिल्लीका लागि तय भएका तीन र मुम्बईको एक गरी चारवटा उडान रद्द गरिएको जानकारी अन्तर विभागलाई पठाएको छ ।