नख्खु जेल विद्रोह र झापा आन्दोलनका नेता जीवन मगरको निधन

काठमाडौं : झापा आन्दोलनको प्रारम्भिक चरण २०२८ सालतिर देखि नै राजनीतिमा लागेर २०३३ सालको जेल विद्रोहका नेता जीवन मगरको निधन भएको छ। त्यसबेला  अहिलेका प्रधानमन्त्री केपी ओलीसँगसँगै मगर राजनीतिमा सक्रिय रहेका थिए। लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत जीवन मगर (जैतुन रिखाम) ६३ वर्षका थिए। पारिवारिक स्रोतले जनाए अनुसार गत बिहीबार घरको शौचालयमा लडेर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो। चिकित्सकका अनुसार उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो।झापा, गरा

सम्बन्धित सामग्री

५३ वर्षपछि ओलीले स्वीकारे झापा विद्रोहको गल्ती

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘झापा विद्रोह’ को नीति सही नभएको ५३ वर्षपछि स्वीकारेका छन् । विद्रोहको नीति सही नभएकै कारण अन्ततः त्यसलाई बदलेको उनको दाबी छ ।

‘झापा विद्रोह’ को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचित

काठमाडौं । तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ । उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव समेटेर लेखिएको सो पुस्तकको ‘झापा विद्रोह’ का एक साक्षी ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र लेखक भट्टराईले विमोचन […]

झापा विद्रोहदेखि जनयुद्धसम्मका सबै कम्युनिष्ट एक हुनुपर्छ : विप्लव

१३ मंसिर, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् । ‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको […]

झापाका अधिकांश स्थानीय तह कुनै दलको ‘कोर एरिया’ रहेन

झापा – नेपालको बामपन्थी आन्दोलनमा एउटा घटनाक्रम ‘झापा विद्रोह’ सबैको मुखमा छ। नेपालको वामपन्थी आन्दोलनलाई झापा विद्रोहले उचाइमा पुर्याएको भनेर अधिकांश वामपन्थी अग्रजहरूले अर्थ्याउने गरेका छन्। तर अहिले त्यही विद्रोहबाट जन्मेका वामपन्थी पार्टी झापाका विभिन्न स्थानीय तहमा नराम्ररी पछारिएका छन्। झापाको कुनै क्षेत्र अब कुनै राजनीतिक दलको ‘कोर’ क्षेत्र रहन सकेन। वामपन्थी पार्टीले जित्नुपर्ने भनिएका […]

कनकाई नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार थापाले अझै बढाए मतान्तर

झापा- झापाको कनकाई नगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले अझै अग्रता बढाएका छन्। ३५७० मत गन्दा थापाले १५१९ मत प्राप्त गरेका छन्। नेकपा एमाले उम्मेदवार राजेन्द्र पोखरेलले १०२१ मत प्राप्त गरेका छन्। थापाले ४९८ मतले अग्रता कायम राखेका हुन्। त्यस्तै, कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २४४ मत प्राप्त गरेका […]

५० वर्षअघि पाँच युवालाई सुखानीमा लगी गोली हानिएको दिन

इलाम : आज सुखानी शहीद स्मृति दिवस। अर्थात् मुलुकमा लोकतन्त्र स्थापनाका लागि भनी ‘झापा विद्रोह’मा लागेका पाँच योद्धाहरूलाई तत्कालीन पञ्चायती शासकले हत्या गरेको दिन।नेपाली राजनीतिक इतिहासमा ‘झापा विद्रोह’को रुपमा चिनिएको आन्दोलनका लागेका पाँच योद्धालाई पञ्चायती शासकले कारागार सार्ने निहुँमा २०२९ सालमा सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो। २०२८ देखि २०३० सम्म झापामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ

आज सुखानी शहीद स्मृति दिवस मनाइँदै

काठमाण्डाै - नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनलाई इतिहासकारले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् । झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चाय...

‘सुखानी काण्ड’को ५० वर्ष– झापा विद्रोहको सम्झना

फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भनेर कम्युनिष्टहरुले भन्दै आएको ‘झापा विद्रोह’ भएको ५० वर्ष पुगेको छ । २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहमा पाँच जना सहिद बन्नु भएको थियो ।