सातौं कृषि गणनाको नतिजा आगामी मंसिरमा आउने, तेस्रो लिङ्गीको जनसंख्या असोजमा सार्वजनिक हुने

केन्द्रिय तथ्यांक विभागले सातौँ राष्ट्रिय कृषि गणना २०७८ शुरु गरेको छ । विभागले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो ।  विभागकाअनुसार गत वैशाख ६ गतेबाट कृषि गणना कार्य शुरु भएको छ । वैशाख ६ गतेबाट शुरु भएको तथ्यांक संकलन कार्य जेठ मसान्तसम्म हुने विभागले जनाएको छ ।  कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको कृषि तथा पशु गणना विभागका निर्देशक डा. महेशकुमार सुवेदीले बताए ।  उनले गत दुई वर्ष यता कृषि गणनाको तयारी थालेको र वैशाख ६ गतेबाट कृषि गणना शुरु गरेको बताए । निर्देशक सुवेदीले काठमाडौं ललितपुर र भक्तपुरको हकमा शुक्रवारदेखि मात्रै गणना कार्य शुरु हुने जानकारी दिए ।  उनले कृषि गणनाको प्रारम्भिक नतिजा मंसिर अन्तिमसम्म गर्ने र असार मसान्तसम्म सम्पूर्ण संकलित फारमहरु केन्द्रमा ल्याइसक्ने पनि बताए ।  निर्देशक सुवेदीले अहिलेसम्म कृषि गणनाका लागि ५ करोड रुपैयाँ खर्च भइसकेको र यस वर्ष गणनाको मुख्य समय भएकोले ७२ करोड खर्च हुने अनुमान गरिएको बताए । त्यस्तै अर्को वर्ष डेटा इन्ट्री, प्रकाशनका लागि लगभग करिव ९ करोड रुपैयाँ गरी कुल कृषि गणनाका लागि ८६ करोड रुपैयाँ खर्च हुनसक्ने आँकलन गरिएको बताए । त्यस्तै केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले तथ्यांक विभागले आगामी असोज महिनासम्म तेस्रो लिङ्गीको जनसंख्याको विवरण सार्वजनिक गर्ने बताए । उनले तेस्रो लिङ्गीहरुको जनसंख्या गणना गर्न सहज नभए पनि राज्यका लागि यो तथ्यांक आवश्यक पर्ने भएकोले राष्ट्रिय जनगणना २०७८ मा यसबारे विवरण संकलन गरिएको बताए ।  उपमहानिर्देशक रेग्मीले कृषि जनगणनामा भने नितान्त कृषकको विवरण, समस्या र कृषिको अवस्थाका बारेमा गणना हुने बताए । उनले राष्ट्रिय जनगणनामा प्राप्त भएको कृषकको तथ्यांकका आधारमा नै यो गणना गर्न लागेको स्पष्ट पारे । वि.सं. २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गर्ने गरिन्छ । तथ्यांक विभागले यस वर्षको कृषि गणना भने २०७८ चैत्र १ गतेदेखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी गणना शुरु गरेको छ ।  विगतका कृषि गणनाहरुमा जिल्लास्तरीय कृषि तथ्यांक मात्रै प्रकाशन गर्दै आएकोमा यस पटक  ७५३ वटै गाउँपालिका/नगरपालिका सम्मको कृषि तथ्यांक संकलन हुनेछ । वैज्ञानिक विधि प्रयोग गरी करिव ३ लाख ५० हजार कृषक परिवार छनोट गरेर कृषक परिवार प्रश्नावलीमार्फत कृषि तथा पशुपंक्षीपालनसम्बन्धी विस्तृत विवरण संकलन गर्ने लक्ष्य लिइएको छ ।  कृषि गणनाका लागि ५ हजार १ सय ५० गणक, १ हजार ३ सय ५० सुपरिवेक्षक तथा ७७ कृषि गणना अधिकृतहरुसहित ७ हजार २ सय कर्मचारी प्रत्यक्ष रुपमा स्थलगत कार्यमा परिचालित रहनेछन् । 

सम्बन्धित सामग्री

दिगो कृषि नीतिको आवश्यकता

साबिकको केन्द्रीय तथ्याङ्क विभाग अर्थात् हालको राष्ट्रिय तथ्याङ्क कार्यालयले सातौं राष्ट्रिय कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ । उक्त नतिजाअनुसार नेपालमा कृषियोग्य जमिन उल्लेख्य मात्रामा घटेको तथ्याङ्क प्रस्तुत भएको छ । १० वर्षअघि छैटौं राष्ट्रिय कृषि गणना हुँदा कृषिमा प्रयोग गरिएको जमिन २५ लाख २५ हजार ६३९ हेक्टर रहेकोमा हाल २२ लाख १८ हजार ४१० […]

आइएमईको उत्सव अफर सातौं हप्ताको नतिजा सार्वजनिक

दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ग्राहकमुखी योजनाको तेस्रो हप्ताको नतिजा सार्वजनिक गरेको छ ।कम्पनीले चाडपर्वलाई लक्षित गरेर आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर सञ्चालन भइरहेको छ । कम्पनीले बिहीबार फेसबुक लाइभ मार्फत सार्वजनिक गरेको नतिजा अनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र […]

मधेश लोक सेवा आयोग : अधिकृतको नतिजामा १२ जना बढी कसरी थपिए ?

१८ असोज, जनकपुरधाम । मधेश प्रदेशको लोक सेवा आयोगले १८ भदौ २०७९ मा अधिकृत सातौं तहको परीक्षामा रोल नम्बर २ हजार ५६७ सम्मका परीक्षार्थीहरु सहभागी हुने भनेर परीक्षा केन्द्र सार्वजनिक गरेको थियो । तर उक्त लिखित परीक्षाको नतिजा यही असोज १३ गते आउँदा रोलनम्बर २ हजार ५७९ सम्मका परीक्षार्थीहरुको समेत आयो । अर्थात् आयोगले सुरुमा […]

२३२ स्थानीय तहको नतिजा सार्वजनिक, चौथो शक्तिलाई सातौं स्थान, एमाले अब्बल

काठमाडौं, १९ असार— असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनको सोमबार बिहान पौने आठ बजेसम्म प्राप्त मतपरिणाम अनुसार संसदको चौथो शक्ति राप्रपाले जम्मा