साफ यू–१५ महिला च्याम्पियनसिप : लगातार तेस्रो जितसहित नेपाल उपाधि नजिक

२३ कात्तिक, काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ । बंगलादेशको बीएसएसएस मुस्तफा कमल मैदानमा दोस्रो हाफको सुरुमै सब्स्टिच्युड सेनु परियारले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । वर्षा ओलीको स्थानमा मैदान छिरेकी उनले ४९औं मिनेटमा गोल गरेकी थिइन् । यो जितसँगै नेपालले उपाधिको सम्भावना बलियो […]

सम्बन्धित सामग्री

सााफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं । नेपालले बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । […]

साफ यू – १५ महिला च्याम्पियनसिप: आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं, कात्तिक २५ । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग खेल्दै छ । नेपाली समय अनुसार खेल बंगलादेशकै ढाकामा दिउँसो सवा ४ बजे खेल्न लागेको हो । डबल राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको खेलमा आजको प्रतिस्पर्धा नै अन्तिम हो । आजको खेलमा जसले जित हासिल गर्न सक्छ ऊ नै साफको विजेता हुने […]

साफ यू-१५ : उपाधिका लागि नेपाल-बंगलादेश भिड्दै

काठमाडौं : साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ। डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो। ढाकामा हुने खेल दिउँसो सवा चार बजे सुरु हुनेछ। नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो। किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ।नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन। नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खे

साफ यु–१५ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल बुधबार दिउँसो सवा ४ बजे ढाकामा हुनेछ । नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ । भुटान नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा छ । नेपालले आफ्नो पहिलो खेलमा […]

आज साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दै

काठमाडाै‍ँ- बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ। नेपाल र भुटानबीचको खेल बुधवार दिउँसो सवा ४ बजे ढाकामा सुरु हुनेछ। नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० गोलले […]

वर्षाको गोलमा बंगलादेशमामाथि नेपालको जित

साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औँ मिनेटमा गोल गरेकी थिइन् । जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७-० गोल अन्तरले हराएको थियो । बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेक

साफ यू–१५ : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं :  साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज  दोस्रो खेल खेल्दैछ।नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन।  बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराउँदै नेपालले सुखद सुरुआत गरेको

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

१७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ । भुटान भने पहिलो खेलमै घरेलु […]

साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोट गरिने

३१ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार साफ यू-१५ महिला च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २६ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ । एन्फाले मंगलबार विज्ञप्ति निकालेर जारी गर्दै भदौ १ गतेदेखि खेलाडी […]

महिला साफ यू–१५ का लागि खुल्ला छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न साफ यू–१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ । एन्फाले बिहीबार विज्ञप्ति जारी गर्दै खेलाडी छनोट गर्ने जनाएको छ । साफ यू–१५ महिला च्याम्पियनसिप नोभेम्वर १ देखि १२ सम्म बंगलादेशमा आयोजना हुँदैछ । एन्फाका अनुसार एन्फामा आबद्ध ४८ जिल्लामा २ […]