जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लामा कोरोना संक्रमणबाट मृत्यु भएका प्रतिघरलाई १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ।जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट जुम्लाका २२ जना मृतकका परिवारलाई रकम उपलब्ध गराइएको हो।पहिलो चरणको कोरोना संक्रमणमा जुम्लाले मृत्यु बेहोर्नुपरेको थिएन। दोस्रो संक्रमणले मृत्यु भएका व्यक्तिका घरपरिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।उनले भनि