काठमाडौँ । इच्छाराज तामाङको सिटिसि मल लिलाम हुने भएको छ । कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना निकालेर सिटिसि मल लिलामको प्रक्रिया सुरु गरेको हो । सिभिल स्टेटस्को नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको हो । कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न आज (सोमबार) सूचना निकालेको छ । […]