राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् । प्रमुख शर्माले विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विगतका ऐतिहासिक आन्दोलन, संघर्ष, त्याग तथा बलिदानको विशिष्ट भूमिका रहेको जनाउँदै यही सेरोफेरोमा र तिनै संघर्षको बलमा अहिले देशमा संघीयता,गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता सहितको संविधा