सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने तयारी गरेको हो।मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सरकारले तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक मन्त्रीले भने, 'गठबन्धनका शीर्ष नेताहरूले केही दिन पर्खन आग्रह गरेका छन्, अब अर्को सातासम्म मिति घोषणा भइसक्छ