काँग्रेस क्रियाशील सदस्यता किचलो : शीर्ष नेताबिच सहमति, पार्टी कार्यालयमा भने कार्यकर्ताको धर्ना र अनशन

काठमाडौं : मंगलवार नेपाली काँग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद टुंगो लागेको बताइएको थियो। जस अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई सदस्यता विवाद समाधान प्रतिवेदन बुझाइएको थियो। तर, मंगलबार बिहान सानेपा काँग्रेस केन्द्रीय कार्यालयमा यही विषयमा धर्ना र अनशन जारी छ। कैलाली, बारा र रौतहटका कार्याकर्ता…

सम्बन्धित सामग्री

न्यायिक लडाई जारी राख्न राजधानीमा अनसन, देउवासँग अधिवेशन खारेजीको माग गरिने

एकपक्षीय रूपमा गरिएको स्थानीय अधिवेशनहरू खारेजीको माग सहित क्रियाशील सदस्यता विवाद समाधानका लागि आन्दोलित नेपाली काँग्रेस डडेलधुराको संस्थापन पक्षले स्थगित गरिएको रिले अनसनलाई थप सङ्घर्षको रूपमा सङ्घीय राजधानी काठमाडौंमा मङ्सिर १ गतेबाट धर्ना बस्ने तयारी गरेको छ ।

सुनिश्चित बाटोमा काँग्रेस महाधिवेशन

नेपाली काँग्रेसको महाधिवेशन समयमा हुन नदिने र आफ्नो रणनीतिअनुसार पार्टी चलाउने खेलमा आन्तरिक रूपमा लाग्नेहरू असफल भएका छन् । महाधिवेशनका सन्दर्भमा बाधा विरोधमा उत्रेकाहरू पनि अब महाधिवेशनको तयारीमा जुट्न लागेका छन् । यसले महाधिवेशन नभएर फेरि सर्ने हो कि भन्ने आशङ्का समाप्त गरेको छ । सक्रिय सदस्यको विवाद अन्त्य भइसकेपछि पार्टी कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना र अनशनको अभिनय प्रारम्भ भएको थियो । अब यो मञ्चनको पनि पटाक्षेप भएको छ । उनीहरू कसको आडमा यो प्रदर्शन गर्दै थिए भन्ने पनि लुकेको थिएन । क्रियाशील सदस्यता विवाद समाधानसम्बन्धी प्रतिवेदन बुझ्न पुग्नुभएका नेता रामचन्द्र पौडेल अर्को दिन आफैँ अनशनस्थल पुगेर समर्थन मात्र जनाउनु भएन, उनीहरूको मागका पक्षमा वकालतसमेत गरेर फर्कनु भयो । तर पार्टी सभापति कुनै हालतमा महाधिवेशन गराउने अडानमा पुगेर ४८ जिल्लाका सक्रिय सदस्यको नामावली प्रकाशन गरेपछि पौडेल समूह पछाडि हट्यो र ‘फेस सेभिङ’ सहमति बन्यो ।

क्रियाशील सदस्यता सार्वजनिक माग गर्दै काँग्रेसमा आन्दोलन

काठमाडौँ– नेपाली काँग्रेसको क्रियाशील सदस्यताको विषयलाई लिएर काँग्रेस जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेसका जिल्ला सभापतिहरु धर्ना बसेका छन् । क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् । नुवाकोट सभापति जगदिश्वर नरसिंह केसी, दैलेख सभापति कृष्णकुमार विसी, कार्भे सभापति मधु आचार्यलगायतका जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् । […]

ध्यानाकर्षणपत्र बुझाउन पुगेका टोलीलाई ‘जस लिन नखोज’ भन्दै देउवाले हकारे

‘सबल काँग्रेस निर्माणका लागि युवा अभियान’ले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।महाधिवेशनको समय सीमाको अन्तिम क्षणमा पुगिसक्दा पनि क्रियाशील सदस्यता छानविन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि प्रश्न उठ्न थालेको भन्दै उनीहरुले क्रियाशील सदस्यता विवादकै बीच विभिन्न जिल्लाका कार्यकर्ता पार्टीको केन्द्रीय कार्यालयमा धर्ना र अनसनमा बसिरहेको परिस्