काठमाडौं । सांसद पदबाट राजीनामा नदिने र आजको बैठकमा समेत सहभागी नहुने निर्णय गरेको एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता र ओली पक्षका नेता विष्णु पौडलबीच छलफल भएको छ । सिंहदरबारमा ओली पक्षका पौडेल र माधव पक्षका योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्टबीच सम्वाद भएको हो । उनीहरुबीच सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा छलफल भएको हो ।