नेकपा एमालेको आन्तरिक विवादका कारण अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नैबाट अप्ठ्यारोमा परेका छन्। जेठ २ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले हातेमालो गर्न खोजेपछि आगामी आमनिर्वाचनमा पनि यही समीकरण बने पार्टी धराशयी हुने ओली निकटका नेताहरूको चिन्ता छ। यही कारण उनीहरूले विवाद मिलाउन दबाब दिँदा ओली अप्ठ्यारोमा परेका हुन्। त्यस्तै नेपाल पक्षभित्र सामूहिक राजीनामाभन्दा ओलीलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएर एकप