मालढुंगा-बेनी सडक स्तरोन्नति नभए सरकारी गाडी चल्न नदिने चेतावनी

पोखरा । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १३ किमिको मालढुंगा-बेनी सडक स्तरोन्नतिका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ । २०७७ सालमा ठेक्का सम्झौता भए पनि हालसम्म कुनै प्रगति नभएको भन्दै ‘कहिले अभियान’ले म्याग्दीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको हो । उक्त सडक स्तरोन्नतिका लागि विस २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभी कम्पनीले ५२ […]

सम्बन्धित सामग्री

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडक अलपत्र

पर्वत। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा—बेनी सडक स्तरोन्नति कार्य अलपत्र परेको छ । कालीगण्डकी नदीबाट निर्माण सामाग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने […]

मालढुंगा–बेनी सडक निर्माण कार्य धमाधम

म्याग्दी र मुस्ताङसँंगै चीनको कोरलानाकासँंग जोडिने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ । गतचैतमा ठैक्का सम्झौता गरेर काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तीव्रता दिएको छ ।गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २ […]

मालढुंगा–बेनी सडक निर्माणको काम धमाधम

पर्वत । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गतको पर्वतको मालढुंगादेखि बेनीबजार जोड्ने मालढुंगा–बेनी सडक खण्डको निर्माणकार्य धमाधम भइरहेको छ । ठेक्काको समयभित्रै काम सम्पन्न गर्ने गरी १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम भइरहेको हो । सडक निर्माणका क्रममा मजदुर परिचालनदेखि अन्य काम द्रुत गतिमा भइरहेको निर्माण व्यवसायी बताउँछन् । प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका […]

मालढुंगा–बेनी सडक दुई लेनमा स्तरोन्नति सुरु

छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालिगण्डकी करिडोरअन्तर्गतको मालढुंगा–बेनी सडक स्तरोन्नति सुरु भएको छ ।झण्डै १३ किलोमिटर लामो यो सडक दुई लेनको बनाउन आयोजना सुरु भएको हो । यो आयोजना सम्पन्न भएपछि आवतजावत सहज हुने, सास्ती हट्ने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको […]

मालढुंगा–बेनी सडक स्तरोन्नति

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नति गरेर दुई लेनको बनाइने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले बताएको छ । मालढुंगा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरिडोरअन्तर्गत पर्छ । विसं २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले प्रारम्भिक चरणको काम शुरू गरेको सञ्चालक अमृत दाहालले बताए । ‘हाल कालोपत्र सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र २ लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी अस्फाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो,’ उनले भने, ‘सडकको डिल र कुनातर्फ पर्खाल निर्माण गर्ने योजना छ ।’ मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरल्ला, मालढुंगादेखि बागलुङ र पर्वत दुवैतर्फबाट समानान्तर रूपमा काम भइरहेको छ । बागलुङ र पर्वतमध्ये कुन जिल्लाको सडकलाई कोरिडोरमा समावेश गर्ने भन्ने लामो समयदेखिको अन्योल गतवर्ष हटेपछि पर्वतबाट निर्माण हुन लागेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए । २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत शुरू गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारीसाधनको आवतजावत प्रभावित हुने गरेको छ । बर्खामा पहिरोले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झन्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको धाइरिङका हरि आचार्यले बताए । सिंगो म्याग्दी र मुस्ताङ जिल्लाको साथ पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ । रासस