काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन गृहमन्त्रालयको सहयोग मागेको छ । काठमाडौं महानगरपालिकाले बुधबार गृहमन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको हस्ताक्षर रहेको गृहमन्त्रालयलाई पठाएको पत्रमा उल्लेख, ‘थापाथलीस्थित बागमती नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक-पटक प्रयास भएको व्यहोरा विदितै छ । […]