महानगरीय प्रहरी परिसर भक्तपुरले सङ्कलन गरेका अक्सिजन ग्याँस सिलिन्डर वितरण गरेको छ । परिसरले प्रहरी वृत्तहरुले सङ्कलन गरेका खाली तथा भरी ९५ थान अक्सिजन ग्याँस सिलिन्डर सङ्कलन गरी कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरेको हो ।
संकलन गरिएका उक्त सिलिन्डरहरू उपचार भईरहेका बिरामीहरुले प्रयोग गरिरहेको अक्सिजन सकिएको र अस्पतालमा मौज्दात नभएको जानकारी बिरामीहरुका आफन्तहरुबाट जानकारी प्राप्त हुनासाथ भक्तपुर ईन्टरनेशनल अस्पताल लोकन्थलीमा १२ वटा भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० वटा खाली र ५ वटा भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा ३ वटा भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ वटा खाली सिलिन्डर वितरण गरिएको हो ।