एमाले महासचिव शंकर पोखरेलले आगामी कात्तिक मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेले तालमेल गर्नसक्ने भएपनि गठबन्धन नगर्ने बताएका छन् । बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा रातोपाटीसँग अनौपचारिक कुराकानीका क्रममा महासचिव पोखरेलले एमाले गठबन्धन गरेर चुनावमा नजाने प्रस्ट पारे । ‘एमाले गठबन्धन गर्ने पक्षमा छैन, एक्लै चुनाव लड्छ । चुनावी तालमेलसम्म भने गर्नसक्छ’, महासचिव पोखरेलले भने, ‘निर्वाचन मिति घोषणा भएपछि कोसँग तालमेल गर्ने भन्ने प्रस्ट हुन्छ ।’