नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन विद्यार्थी संगठनका तीन पूर्व अध्यक्षहरू सक्रिय रुपमा लागेका छन् । अखिल क्रान्तिकारीमा विवाद देखिएपछि तीन पूर्व अध्यक्षको नेतृत्वमा एक कमिटी बनाएको हो । गत शनिबार बसेको स्थायी समिति बैठकले पार्टी पोलिटब्युरो सदस्य एवम पूर्व अध्यक्ष रमेश मल्ल,केन्द्रीय सदस्य एवम पूर्व अध्यक्षद्वय रत्न ढकाल र नरेन्द्र न्यौपानेको नेतृत्वमा तीन सदस्यीय विवाद समाधान कमिटी गठन गरिएको थियो । तीन सदस्यीय कमिटीलाई हप्ता दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन समय दि