जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ । स्थानीय हरिनारायण झाका छोराहरुले उक्त जग्गा आफ्नो रहेको दाबी गरेपछि सो कार्यालयले जमिनको सुरक्षाको माग गरेको हो । सर्लाहीको साविक गाविस सुन्दरपुर चौहडवा–८ हाल बरहथवा नगरपालिका–१३ स्थित किता नं […]