काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने बताएका छन् ।विधान महाधिवेशनमा पेस गर्नेगरी महासचिव पोखरेलले तयार पारेको संगठनात्मक प्रस्तावमा माधवकुमार नेपालको नेतृत्वमा पार्टीबाट एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने उल्लेख गरेका छन् ।ठुला राजनीतिक परिवर्तन, राजनीतिक र सामाजिक द्वन्द्वपछि समाजमा एक प्रकारको अराजकताको स्थिति उत्पन्न हुने भन्दै उनले अन्तरपार्टी संघर्षको क्रममा वैधानिक स