काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताउनुभएको छ । आज शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्ने योजना छिटो भन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताउनुभयो ।
उहाँले जहाज खरिदका लागि गृहकार्य अगाडि बढेको बताउनुभयो । जहाज खरिदमा कुनै पनि प्रकारको कमिसनकाे खेल नगर्ने भन्दै उहाँले अनियमितता भएमा आफू सजाय भाेग्न तयार रहेको बताउनुभयो । म...