नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट ५३ लाख रुपैयाँ गायब पारिएको घटनामा वडा अध्यक्ष ध्रुवप्रसाद मिश्रले उन्मुक्ति पाएका छन् भने वडा सचिव र अन्य दुई कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । सो घटनामा वडाध्यक्ष मिश्रमाथि पनि निष्पक्ष छानबिनको माग हु