काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक देशको आवश्यकता रहेको बताएका छन्।
संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नागरिकता समस्या धेरै भएकोले त्यसको समाधानका लागि विधेयक आवश्यक रहेको बताएका हुन्।
‘नागरिकता विधेयक अहिले मुलुकको आवश्यकताभित्र पर्छ। नागरिकता समस्या हाम्रो देशमा नरहोस् भन्ने सरकारको स्पष्ट धारणा हो।…