गठबन्धनले दम्भ देखाउन आवश्यक छैन : पार्वती डी.सी.

गठबन्धनले दम्भ देखाउन आवश्यक छैन : पार्वती डी.सी.

सम्बन्धित सामग्री

समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ- राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती) ले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरेकी छिन् । आज बसेको राष्ट्रियसभाको बैठकमा उनले सो प्रतिवेदन पेस गर्दै समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको विषय प्रतिवेदनमा उल्लेख गरिएको जानकारी गराइन् । नदीजन्य निर्माण […]

नि:शुल्क खाना र कोठाका कारण समस्या आएको होटल व्यवसायीको गुनासो

पोखरा । पर्यटकीय क्षेत्र म्याग्दी घोरेपानीका महिला होटल व्यवसायीले ‘गाइड र पोर्टर’हरूलाई नि:शुल्क खाना र कोठा दिँदा व्यवसायमा समस्या आएको गुनासो गरेका छन् । पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’लाई नि:शुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिएको गुनासो व्यवसायीले गरेका हुन् । ‘हिजो केही व्यवसायीले पर्यटक ल्याउँछन् भन्दै नि:शुल्क खान र बस्न दिएकाले त्यही कल्चर रहँदै आयो,’ घोरेपानी होटल व्यवसायी संघकी अध्यक्ष मीना पुनले भनिन्, ‘आज त्यो कल्चरले हामीलाई समस्यामा पार्दै लगेको छ ।’ मौसमअनुसार हुने व्यवसायमा अनगिन्ती समस्या रहेको भन्दै उनले विदेशी पर्यटकले नि:शुल्क कोठा माग्ने गरेको गुनासो गरिन् । ‘म २० वर्ष बेलायत बसेर आएँ, त्यहाँ प्रत्येक कुरामा पैसा तिर्नुपर्छ, तर त्यहाँबाट आएका पर्यटकले  नै यहाँ सेवाहरू नि:शुल्क खोज्छन् । नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारले व्यवसायीको समस्याका विषयमा केन्द्रित कार्यक्रम घोरेपानीमा गरेको थियो । सोही कार्यक्रममा उनले होटल व्यवसायीका समस्याबारे अवगत गराइन् । अर्का होटल व्यवसायी जुली ठकुरी पुनले घोरेपानीलाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन आफूहरूले प्रदान गर्ने होटलका सेवा–सुविधामा निकै ध्यान दिएको बताइन् । सहज यातायात नहुने पदमार्ग क्षेत्र भएकाले अधिकांश सामान भरिया र खच्चडबाट ढुवानी गर्नुपर्दा महँगो पर्ने उनको भनाइ छ । ढुवानी खर्चको तुलनामा आफूहरूले निकै सहुलियतमा खाना खुवाएको उनले बताइन् । आन्तरिक पर्यटक र विद्यार्थीलाई थप सहुलियत दिने गरिएको उनको भनाइ छ । उक्त क्षेत्रमा व्यवसाय गर्दै आएका अन्य महिला सहभागीले पछिल्लो समय व्यवसाय सञ्चालनमा निकै कठिनाइ भइरहेको र लैंगिक हिसाबले पनि महिला व्यवसायीलाई अप्ठ्यारो परेको गुनासो गरेका थिए । ओटेफका अध्यक्ष पार्वती पाण्डेले सुगम र दुर्गम क्षेत्रमा महिला व्यवसायीका कतिपय समस्या साझा रहेको भन्दै महिला सशक्तीकरणका लागि हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको बताइन् । संस्थाका सल्लाहकार दुर्गा ढकालले व्यवसाय र व्यवसायी महिलाले भोगेका समस्यालाई नजिकबाट बुझ्ने अवसर मिलेको बताइन् । आगामी दिनमा पर्यटनमैत्री व्यवसायमा जोड दिएर यस क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाउन सहकार्य र समन्वय गरिनुपर्ने उनको भनाइ थियो । रासस

शेयर बजार अर्थतन्त्रको अभिन्न अंग : गभर्नर अधिकारी

पुस २५, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर बजार अर्थतन्त्रको अभिन्न अंग रहेको भन्दै यसले अर्थतन्त्रको पछिल्लो अवस्था झल्कने बताएका छन् । लेखा समितिमा आइतवार आयोजित छलफलमा उनले शेयर बजार नराम्रो चिज होइन, अर्थतन्त्रको महत्त्वपूर्ण अंग हो भनेका छन् । साथै उनले शेयर बजार स्थिर हुनुपर्छ भन्दै  अर्थतन्त्र कुन अवस्थामा छ, त्यो शेयर बजारमार्फत रिफ्लेक्ट हुन्छ भनेका छन् । ‘शेयर बजार पूँजी निर्माणको आधार हो, अर्थतन्त्रका सूचकहरु हेर्दा शेयर बजारलाई समेत हेर्ने गरिन्छ’, गभर्नर अधिकारीले भने । उनले अहिलेको अवस्थामा अर्थतन्त्र संकटमा आइनसकेको तर चुनौतीपूर्ण अवस्थामा भने रहेको बताए । उनले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको पनि बताए । उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्नसमेत चुनौती थपिएको बताए । उनले यो साताबाट तरलता केही सहज बनेको  बताउँदै अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको र यसको मुख्य कारण बढ्दो आयात बताए । उनले वित्तीय प्रणालीको स्थिरताका लागि राष्ट्र बैंकले ब्याजदर नियन्त्रणको नीति लिएको बताएका छन् । समयमै ब्याजदरलाई नियन्त्रण गर्ने गरी नीति नलिएको भए अहिले कर्जाको ब्याज निकै माथि पुग्ने थियो भन्दै उनले वित्तीय प्रणालीको स्थिरताका लागि हस्तक्षेप आवश्यक भएको बताए । उनले कर्जाको प्रयोग आन्तरिक परिचालनभन्दा आयातमा बढी प्रयोग भएको हुँदा बजारमा तरलता अभाव भएको बताए । यसैगरी अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले कोभिड- १९ विरुद्धको लडाइमा अर्थतन्त्रमा प्रभाव नपर्ने गरी नीति लिनुपर्ने बताए । उनले  अर्थतन्त्र मुलुकको लाइफलाइन भएको भन्दै यसलाई सकेसम्म कम प्रभावित हुने गरी नीति लिनुपर्ने बताए । उनले यदि यसो गर्न सकिए चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने पनि बताए ।    छलफलमा सांसद अमनलाल मोदी तथा पार्वती बिसीलगायतले देशको अर्थतन्त्र विद्यमान अवस्थाको बारेमा गभर्नर तथा अर्थसचिवको धारणा मागेका थिए ।

एमाले महाधिवेशनः ५ हजार गाडी ‘रिजर्भ’, ११ ठाउँमा पार्किङ

नेकपा एमालेको १० औँ महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनमा ५ लाख मानिस उतार्ने दाबी गरेको एमालेले सबैभन्दा बढी बागमती प्रदेशबाटै कार्यकर्ता उतार्ने भएको छ । ५ हजार गाडी ‘रिजर्भ’ एमाले महाधिवेशनका लागि ५ हजार गाडी रिजर्भका लागि बुकिङ भईसकेको ‘रिपोर्टिङ’ महाधिवेशन व्यवस्थापन समितिमा पुगेको छ । एमाले चितवन जिल्ला कमिटीका अनुसार सबैतिरबाट नेता कार्यकर्ता आउन ६ हजार बढी गाडीहरु आवश्यक देखिएपनि ५ हजार मात्रै बुकिङ भएको जानकारी आएको छ । बाँकी गाडीको व्यवस्थापन गर्ने भन्दापनि हवाई यात्राले त्यसको पुर्ति गर्ने दाबी एमालेको छ । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलका अनुसार बागमती प्रदेशबाट मात्रै ३ लाख कार्यकर्ता सहभागी हुनेछन् । प्रदेश नम्बर २ बाट १ लाख, लुम्बिनी प्रदेशबाट ७५ हजार र गण्डकी प्रदेशबाट ५० हजार कार्यकर्ता सहभागी हुने आँकलन गरिएको छ । प्रदेश १ बाट ३० हजार तथा कर्णाली र सुदूरपश्चिमबाट भने सम्भव भएसम्म स्वतःस्फुर्त रुपमा मानिसहरु आउने देखिएको एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेकी महाधिवेशन व्यवस्थापन समितिकी सदस्य दिलकुमारी रावल ‘पार्वती’ ।११ ठाउँमा पार्किङ एमालेले महाधिवेशन उद्घाटनस्थल नजिकै ११ ठाउँमा गाडी पार्किङको व्यवस्था गरेको छ । बुटवल तिरबाट आउने सवारीका लागि नारायणी नतर्दै गैँडाकोटको भृकुटी कागज कारखानामा पार्किङको व्यवस्था मिलाईएको छ । पूर्वी नाकाबाट प्रवेश गर्नेलाई भरतपुर बसपार्कमा यात्रु ओलार्ने र टिकौली जंगलको चौरमा पार्किङको प्रवन्ध गरिएको छ । काठमाडौं, पोखरा क्षेत्रबाट मुग्लिङ हुँदै चितवन छिर्ने गाडी आँपटारीमै रोकिनेछन् । गाडी कहाँ पार्किङ गर्ने, र्याली कताबाट निक्लिने भन्ने जानकारी एमालेले पार्टीको एप्सबाट सबैलाई म्यासेज जाने व्यवस्था मिलाएको छ । चितवन प्रशासनले शुक्रबार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र मुख्य सहरी क्षेत्रमा गाडी चलाउन रोक लगाउनेछ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पैदल यात्रा मात्रै गर्न पाईनेछ ।

१० औँ महाधिवेशनस्थलको आफैं निरीक्षण गर्दै ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन् । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन । ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने  एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले

छाउगोठ भत्किए पनि चेतनाको कमीका कारण प्रथा कायमै

महिनावारी भएका बेला सुत्नका लागि प्रयोग हुँदै आएका बाजुराका अधिकाशं छाउगोठ भत्किए पनि धामीझाँक्रीको डरमा प्रथा भने अहिलेसम्म कायमै छ । वि.सं. २०७६ पुस २४ गते बाजुराको बुढीनन्दा नगरपालिकाका –९ पाण्डुसैनको अगाउँपानीस्थित छाउगोठमा सुतेका बेला आगोले निसासिएर आमा र दुई छोराहित तीन जनाको ज्यान गएको थियो । त्यो घटनापछि छाउगोठ भत्काउन गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएसँगै बाजुरामा रहेका नौ वटै स्थानीय तहमा छाउगोठ भत्किए तर धामीझाँक्रीका डरले महिनावारी भएका बेला महिलाहरुले घरमा बस्न नमानेपछि छाउप्रथा कायम रहँदै आएको हो ।छाउगोठ भत्काउने अभियान सुरु भएपछि महिनावारी भएका बेला अधिकांश महिला आ–आफ्नै घरको कोठामा सुत्न थालेका थिए । अभियानले सुस्त गति लिँदा धामीझाँक्रीले घरमा अनिष्ट भएको भन्दै रिसाउन थालेपछि अहिले अधिकाशं महिला त्रिपाल हालेर बाहिर सुत्न थालेको बुढीगङ्गा नगरपालिका –८ का स्थानीय मीना सार्कीले बताउनुभयो । २०७५/७६ सालमा १६८ र २०७६ /०७७ सालमा ३४३ गरी जम्मा ५११ वटा छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रशासान कार्यालय बाजुराको निर्देशनमा प्रहरी, स्थानीय र जनप्रतिनिधिलाई छाउगोठ तथ्याङ्क सङ्कलन गर्न आग्रह गरेपछि बाजुरामा ५११ वटा छाउगोठ भेटिएका थिए । अधिकांश जनप्रतिनीधि समेत अहिले आ–आफ्नो स्थानीय तहमा महिलाहरुलाई महिनावारी भएको समयमा घरमै सुताउने अभियानमा लागि परेका छन् । तर पनि धामीझाँक्री र पुजारीका घरमा महिलाहरु भने बाहिर त्रिपाल हालेर बस्ने गरेको सार्कीले बताउनुभयो । महिनावारी भएका बेला घरमा सुतेपछि देवता रिसाउँछ भन्दै धामीझाँक्रीले डर देखाउन थालेपछि त्रिपाल हालेर बाहिर सुत्न थालेको बुढीगङ्गा नगरपालिका –८ का पार्वती सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, छाउगोठ भत्काउने अभियान सुरु गरेका बेला आफूलाई घरमा बसाल्यो । अहिले त्यो अभियान सुत्त भएपछि आफुलाई फेरी छाउगोठमै सुत्नु पर्छ भनेपछि ५ दिन सम्म त्रिपाल हालेर बाहिर बस्न बाध्य भएकी छु । महिनावारी भएका बेला घरमा गाई भैसी बिरामी भए भन्दै घरका रिसाउन थालेपछि आफू छाउगोठमै सुत्नु बाध्य भएको सार्कीले बताउनुभयो । बाजुराको बूढीगङ्गा नगरपालिकाका तीमाडा,जुवापानी , सेलापाखा, पाल्वाडा, बदेडा ,भण्डारगाउँ, सिगाडा, नुवाकोट र झाली लगायतका ठाउँका महिला महिनावारी भएका बेला दही मही जस्ता पाैष्टिक खानेकुरा अझै खान पाउँदैनन् । महिलालाई महिनावारी भएका बेला दुध दहि दिएपछि गाई भैसी मर्छन् भन्ने कुसस्कार पहिला देखि अहिले सम्म जिवितै रहेको हुनाले उनीहरु यस्ता पौष्टिक चिज खान पाउँदैनन् । बुढीगङ्गा नगरपालिका अधिकांश वडामा प्रहरी, स्थानीय र जनप्रतिनिधिहरुको रोहवरमा झण्डै ५७ वटा छाउगोठ भत्काए पनि केही मात्रमा अझँै छाउगोठ रहेको स्थानीय राजेन्द्र रावलले बताउनुभयो । उहाँले भन्नुभयो, छाउगोठ नभत्काएर महिनावारी भएका बेला छाउगोठमै सुत्ने गरेको पाइएमा सरकारी सेवा सुविधा रोक्का गर्ने भनिएको भए पनि अहिले सम्म छाउप्रथा कायमै रहँदै आएको हो । जिल्लाका अन्य स्थानीय तहका महिलाहरुले सरकारको नीतिनियम पालना गर्दै आएको भए पनि धामीझाँक्रीको पकेट क्षेत्रका महिला भने अझैँ छाउगोठमा सुत्न बाध्य छन् । घरमा गाई भैँसी विरामी भए पनि अहिले धामीझाँक्रीले महिलाहरुलाई नै दोष दिन थालेका छन् ।उसो त जिल्लामा महिनावारीका क्षेत्रमा काम गर्दै आएका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले पनि धामीझाँक्रीहरुलाई महिनावारी कुप्रथा हो यस्लाई अन्त्य गर्नुपर्छ भन्ने कुरामा तालिममा दिँदै आएका हुन् । छाउँगोठमा सुतेको जानकारी आएमा उनीहरुले पाउने सेवा सुविधा रोक्का गर्नुका साथै आवश्यक कानुनी कारवाहीको प्रक्रियालाइ अगाडि बढाइने योजना रहेको बुढीगङ्गा नगरपालिका – ८ का वडा सदस्य सुरेन्द्र थापाले बताउनुभयो । छाउगोठ भत्काउने अभियान सुस्त भएसँगै पुनः निर्माण भएका बूढीगङ्गा नगरपालिका १० बदेडामा छाउगोठ । तस्बिर - शेरबहादुर सार्की÷बाजुरा

संसदीय समितिले भन्यो : निजगढमा एयरपोर्ट सिटी आवश्यक छैन

२, असार, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ विमानस्थलको स्थलगत अनुगमन प्रतिवेदन सोमबार राष्ट्रिय सभासमक्ष पेश गरेको छ । समिति सभापति दिलकुमारी रावल (पार्वती)ले सोमबार पेश गरेको प्रतिवेदनमा आयोजनाको विस्तृत परियोजना …

समृद्धि र विकसित प्रदेश बनाउन पत्रकारको भूमिका आवश्यक : मन्त्री कार्की

भद्रपुर (झापा) : आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश १ लाई समृद्ध र विकसित बनाउन पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। ६३औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले शुक्रबार बिर्तामोडमा गरेको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार र पार्वती पत्रकारित...