श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आज दुबई प्रस्थान गरेको छ ।श्रमिक आपूर्ति गर्ने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्न स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आबुधाबी डायलगमा १६ देशका श्रममन्त्री र चार मुलुकका पर्यवेक्षकका साथै अन्तर