काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब इमिरेट्स (यूएई) जाने भएका छन् । यूएईमा अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा यूएई सरकारसँग फलफल गर्न मन्त्री श्रेष्ठ आगामी साता यूएई जान लागेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठले नेपालका लागि यूएईका राजदूत साइद हमदान अल नाकीसँग आज मन्त्रालयमा छलफल समेत गरेका छन्...