राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दललाई मिलेर अघि बढ्न आग्रह गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा दीपावली तथा छठ पर्वका अवसरमा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपतिले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गरेर राष्ट्रय एकता र सद्भाव अझ बलियो बनाउन दलहरु अग्रसर हुने विश्वास व्यक्त गरिन्।