काठमाडौं। कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। उनले विश्वका देशहरूलाई यो खोप एक आपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका छन्। राष्ट्रपति सी जिनपिङले भने, ‘अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको एक चुनौतीका रूपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आङ्कलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्छ।’